अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय बाँकेका नापी सर्वेक्षक सहित दुईजनालाई घूससहित पक्राउ गरेको छ । नापी कार्यालय बाँकेमा कार्यरत नापी सर्वेक्षक यामबहादुर खत्री र आफूलाई लेखापढी व्यवसायी बताउने रुकुम पश्चिम वडा नम्वर ७ स्थायी घर भएका प्रताप केसीलाई नगद ३५ हजार घूस सहित पक्राउ गरेको आयोगले जनाएको छ ।