ललितपुरबाट १ लाख घूससहित सर्वेक्षक पक्राउ

ललितपुरबाट १ लाख घूससहित सर्वेक्षकपक्राउ परेका छन् । नापी कार्यालय चावहिल १ नम्बर नापी टोली बूढानीलकण्ठमा कार्यरत सर्वेक्षक बिनोद केसी पक्राउ परेका हुन् । उनीसँगै अमिन प्रकाश राज भट्ट पनि पक्राउ परेका छन् ।  जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले निजहरुलाई एक लाख रुपैयाँ घुस  लिइसकेको अवस्थामा पक्राउ गरेको हो । ललितपुर महानगरपालिका वडा नम्बर ५, लगनखेलस्थित महालक्ष्मी मार्गबाट पक्राउ परेका उनीहरु