काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको मनमैंजु नापी कार्यालयका सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यावसायी अभिशेक कार्कीलाई घुससहित रङ्गेहात पक्राउ गरेको छ । तारकेश्वर नगरपालिकास्थित मनमैंजु नापी कार्यालयमा जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीबाट घुस लिएको अवस्थामा उनीहरुलाई अख्तियार टोलीले नियन्त्रणमा लिएको हो । सेवाग्राहीबाट एक लाख ७५ हजार रुपैयाँ घुस लिंदै […]