नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग आफूलाई प्रधानमन्त्रीका लागि सहयोग र समर्थन आग्रह गरेका छन् ।
जवाफमा महन्थले प्रधानमन्त्रीमा देउवालाई सहयोग गर्न नसक्ने दोहोर्याएका थिए ।
‘देउवाको प्रस्ताव सुनेपछि ठाकुरले हामी तपाईंलाई सहयोग गर्न सक्दैनौं, त्यो कुरा त शुरूदेखि नै भन्दै आएको छु,’ ठाकुरको भनाइ उद्धृत गर्दै जसपाका एक सांसदले भने, ‘सधैं तपाईंलाई नै जसपाले सहयोग गर्ने के कारण छ, धेरै सहयोग गरिसकेका छौं, बरू अब तपाईंले हामीलाई नै सहयोग गर्नुस् ...