काठमाडौं, १९ असार । ललिता निवास जग्गा प्रकरण पक्राउ परेकालाई थप ७ दिन हिरासमतमा राख्न अनुमति दिइएको छ। काठमाडौं जिल्ला अदालतले पक्राउ परेका ९ जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो। यसअघि पनि जिल्ला अदालतले १३ गते ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।