साेलुखुम्बु – सोलुखुम्बुमा एक जना विदेशी नागरिक मृत भेटिएका छन् । महाकुलुङ गाउँपालिका वडा नम्बर १ मा क्यानडाका नागरिक ५२ वर्षका दानेल क्लाउटर मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरीका अनुसार मेरापिक हिमाल आरोहण गरेर फर्किएका क्लाउटर एक होटलमा सुतेकै ठाउँमा मृत भेटिएका हुन् । उनको शव हेलिकप्टरबाट लुक्ला ल्याएर कानुनी प्रक्रिया पूरा गरी काठमाण्डौ पठाइएको छ ।