फुङ्लिङ, २९ पुस: ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा एक भारतीय नागरिक मृत भेटिएका छन् । भारतको पूर्णिया जिल्ला घर भएका २१ वर्षीय दिलसुख कुमार आज मृत भेटिएका हुन् । फुङ्लिङ नगरपालिका–५ स्थित एउटा होटलमा काम गर्दै आएका कुमार मृत भेटिएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए । राति शौचालय जाने भन्दै निस्केका उनी लामो समयसम्म नफर्किएपछि […]