नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले भ्रष्टाचारी र राज्य दोहनमा संलग्नहरुलाई संरक्षण गर्ने नीति लिएको आरोप लगाएका छन् । पार्टी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तकारी प्युठानको जिल्ला सम्मेलनलाई आइतबार खलंगामा सम्बोधन गर्दै पुनले सुरुवाती कार्यशैलीले सरकार भ्रष्टाचारमैत्री देखिएको बताए । आफूहरुलाई सरकारमा जान कुनै हतारो नरहेको स्पष्ट गर्दै उनले भ्रष्टाचारविरुद्धको...