दिगो विकास तथा सुशासन समितिका नवनिर्वाचित सभापति प्रकाश पन्थले देशमा सुशासन कायम गराउन र भ्रष्टाचार रहितको समाज निर्माण गर्ने कार्यमा आफ्नो जोड रहने बताएका छन् । बिहीवार सिंहदरबारमा दिगो विकास तथा सुशासन समितिको सभापतिको पद तथा गोपनीयताको शपथग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।उनले राज्यका निकाय र सबै सरोकारवालालाई प्रशासन नभइ सुशासन र प्रशासक नभइ सुशासन बनाउने आफ्नो लक्ष्य रहेको बताए । उनले दिगो विकासको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ समितिबाट सामुहिक