भ्रष्टाचार नियन्त्रणका लागि धेरै कानुन बनाएर राज्य एवं सरकारी संयन्त्र स्थापना गरे पनि आशातीत काम हुन नसकेकामा चिन्ता प्रकट गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपाल स्थापनाको २७ औँ वर्षका अवसरमा बिहिबार आयोजित ‘भ्रष्टाचार निवारण सम्बन्धी विचाराधीन विधेयक विषयमा छलफल’ कार्यक्रमका वक्ताले देशमा संस्थागत अनियमितताका घटना बढ्दै गएकाले यसको नियन्त्रणका लागि जागरण आवश्यक भएकामा जोड …