सुर्खेत - नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेश सरकारमा सहभागी दुईजना मन्त्रीलाई फिर्ता बोलाएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको हो ।
दुई जना मन्त्रीलाई फिर्ता बोलाएर अन्य दुई जना प्रदेश सभा सदस्यलाई मन्त्री बनाउन लागिएको छ ।
जाजरकोटकी कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई सरकारमा पठाउने निर्णय गरिएको माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिनुभयो । शाह र कामीसँगै अब माओवादी केन्द्रका सबै प्रदेश सभा सदस्यहरु मन्त्री बन्न...