कर्णाली प्रदेशका आफ्ना सबै सांसदलाई मन्त्री बनाउँदै माओवादी

सुर्खेत : नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले प्रदेशसभामा सहभागी सबैलाई मन्त्रीको भाग पुर्‍याउने भएको छ। कर्णाली प्रदेशसभामा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर मन्त्री बन्न बाँकीलाई सरकारमा पठाउने तयारी भएको छ।माओवादीले हालका जलस्रोत मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई फिर्ता बोलाएर जाजरकोटकै कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई मन्त्री बनाउने तयारीमा रहेको पूर्वमन्त्री एवम् माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन्।पार्टी केन्द्रको

सम्बन्धित सामग्री

सुदूरपश्चिममा राप्रपा र स्वतन्त्र सांसदलाई मन्त्री प्रस्ताव

२४ फागुन, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राप्रपा र स्वतन्त्र प्रदेशसभा सदस्यलाई मन्त्रीको प्रस्ताव गरेका छन् । नागरिक उन्मुक्ति पार्टीसहितको सरकार बनाउन सहमति भइसकेको भन्दै शाहले राप्रपाकी खेमादेवी बिष्ट र स्वतन्त्र प्रदेशसभा सदस्य तारादत्त जोशीलाई मन्त्री बन्न प्रस्ताव गरेका हुन् । उनीहरु दुवै जनालाई बिहीबार नै मन्त्रीमा नियुक्त गर्ने भन्दै मुख्यमन्त्री शाहकै आग्रहमा अछाम […]

सुदूरपश्चिम प्रदेश सरकारमा दुई राज्यमन्त्री थप

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा दुई राज्यमन्त्री थपिएका छन्। शुक्रबार अबेर प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले दुई प्रदेश सांसदलाई मन्त्री नियुक्त गरेका हुन्। प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले जानकारी दिए। उनीहरु नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका हुन्। […]

पार्टी जोगाउन असन्तुष्ट सांसदलाई मन्त्री

२० असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट नेताहरुलाई मन्त्री बनाएका छन् । यससँगै जसपामा अल्पमत बहुमतको खेलमा उनले बाजी मार्ने पक्का जस्तै भएको नेताहरु बताउँछन् । जसपामा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई केही महिनादेखि कार्यकारिणी समितिका अध्यक्ष यादवको कार्यशैलीप्रति असन्तुष्ट थिए । स्थानीय चुनावको पूर्वसंध्यामा भएको सहमति समेत अध्यक्ष […]

प्रदेश १ सरकारमा दलितलाई सधैँ उपेक्षा

प्रदेश १ मा मन्त्री बनाउन योग्य दलित सांसदहरू भए पनि न त गठबन्धनमा आबद्ध पार्टीले दलित सांसदलाई मन्त्री बनाउन सिफारिस गरेका छन्, न गठबन्धनबाटै कुनै निर्णय भएको छ प्रदेश १ को तेस्रो...

बालकुमारीमा आफ्नै कार्यकर्ताले गरे उपेन्द्र यादवको पुत्ला दहन (तस्बिरहरू)

पर्साका सांसदलाई मन्त्री नबनाइएको भन्दै जसपाका नेता कार्यकर्ताले पार्टी कार्यालय बालकुमारीमा प्रदर्शन गरेका हुन्।

प्रभु साह भन्छन् : पदमुक्त गर्ने सर्वोच्चको आदेश अप्रत्यासित

५ जेठ, काठमाडौं । नेकपा एमालेका नेता प्रभु साहले गैर सांसदलाई मन्त्री पदबाट पदमुक्त गर्ने सर्वोच्चको आदेश अप्रत्यासित र त्रुटिपूर्ण भएको बताएको छ । सर्वोच्च अदालतले बुधबार सात गैर सांसदलाई पदमुक्त गर्ने आदेश सुनाएको थियो । यो आदेशसँगै साह पनि सहरी विकास मन्त्रीबाट पदमुक्त भएका छन् । अनलाइनखबरलाई प्रतिक्रिया दिँदै एमाले नेता साहले सर्वोच्चको आदेश […]

लुम्बिनीमा जसपाका तीन सांसदलाई मन्त्री : RajdhaniDaily.com -

RajdhaniDaily.com | बुटवल । लुम्बिनी प्रदेश सरकारले सोमबार मन्त्रीपरिषद विस्तार गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टीका ४ सांसदलाई मन्त्री बनाएर -

ह्विप उल्लङ्घन गर्ने तीन सांसदलाई मन्त्री पद उपहार

वैशाख ४, काठमाण्डौ । पार्टीको ह्विप उल्लंघन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाइएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत लिए पश्चात शनिबार मन्त्रिपरिषद हेरफेर गरेका हुन् । यसअघि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मा पाएका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मा […]

प्रचण्ड र नेपालको साथ छाडेर ओलीतिर लागेका ४ सांसदलाई मन्त्री उपहार !

काठमाडौं । प्रदेश नं १ को मन्त्रिमण्डलमा दुई मन्त्री र दुई राज्यमन्त्री गरी चार जना थपिएका छन् । शुक्रबार मुख्यमन्त्री शेरधन राईले चार जना थप गर्दै मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको साथ छोडेर एमाले अध्यक्ष केपी ओलीको पक्षमा लागेका चार जना सांसदलाई मन्त्री पदमा नियुक्त गरिएको हो । मुख्यमन्त्री राईले माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका टंक आङ्बुहाङलाई आर्थिक मामिला, नेपाल–खनाल समूह छाडेर ओली समूहमा लागेकी उषाकला राईलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गर्नुभएको छ । त्यस्तै कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त भएका छन् भने भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर मन्त्रीमा बढुवा हुनुभएको छ । मगर यसअघि नेपाल पक्षमा भए पनि पुस ५ गतेपछि ओली समूहमा लाग्नुभएको थियो । योसँगै प्रदेश १ को मन्त्रिमण्डल ९ सदस्यीय बन्नु पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड र नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिएका थिए। तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यले गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । बुधबार बसेको एमाले प्रदेश १ संसदीय दलको बैठकले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने एमालेका सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन एक हप्ताको समय दिएको थियो ।