गृहमन्त्री खाणको उम्मेदवारी रद्द गर्न माग गर्दै उजुरी

काठमाडौँ – कांग्रेस नेतासमेत रहेका गृहमन्त्री बालकृष्ण खाणको उम्मेदवारी रद्द गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही ३ बाट उम्मेदवारी दिएका खाणले बहुविवाहको कसुर गरेको दाबी गर्दै उम्मेदवारी खारेज गर्न माग गरिएको हो। २०४८ सालअघि नै दोस्रो विवाह गरेका खाण उम्मेदवार हुन अयोग्य रहेको भनि उजुरी […]

सम्बन्धित सामग्री

गण्डकीका अर्थमन्त्रीसमेत रहेका बरालको उम्मेदवारी रद्दको माग गर्दै उजुरी

पर्वत : कास्कीको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामजीप्रसाद बरालको उम्मेदवारी रद्द गर्नुपर्ने भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ।सत्तारुढ गठबन्धनअन्तर्गत नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उनी कालोसूचीमा रहेकोले उनको उम्मेदवारी रद्द हुनुपर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार उजुरी परेको हो। कास्कीको पोखरा महानगरपालिका–२४ कास्कीकोटका बोधराज सुवेदीले कालोसूचीमा परेको व्यक्तिलाई उम्मेदवार बनाउन नहुने भन्दै खारेजीको मागस

विजय गच्छदार र प्रभु शाह सहित ९ जनाको उम्मेदवारी रद्द गर्न माग गरिएको रिट खारेज

प्रतिनिधिसभा तथा प्रदेश सभाका ९ जना उम्मेदवारको उम्मेदवारी खारेज गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । अधिवक्ता अनिल आचार्यले उनीहरुको उम्मेदवारी खारेज गर्न सर्वोच्चमा रिट जारी गरेकोमा न्यायधिश अनिल कुमार सिन्हाको एकल इजलाशले उक्त रिट नै खारेज गरिदिएको हो ।  उक्त रिटमा नेपाली कांग्रेसका उम्मेदवार विजय कुमार गच्छेदार , पूर्व काँग्रेस नेता गोविन्दराज जोशी, राप्रपा नेता विक्रम पाण्डे, स्वतन्त्र उम्मेदवार प्रभु साह, तथा स्वतन्त्र उम्मेदवार सरिता गिरीको उम्मेदवारी खारेज गर्न माग गरिएको थियो । साथै  डी बी तामाङ भन्ने युद्ध विक्रम तामाङ , टेक बहादुर गुरुङ , लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेज गर्न माग गरिएको थियो।  अदालतले रिट नै खारेज गरेसंगे उनीहरु सबैको उम्मेदवारी कायम नै रहने भएको छ ।रिटमा उनीहरु विरुद्द भ्रष्टाचार तथा फौजदारी कसुरमा मुद्दा चलिरहेको, उनीहरुले भ्रष्टाचार तथा फौजदारी कसुरमा सजाय पाएकोले उनीहरु उम्मेदवार हुन योग्य नरहेको जिकिर गरिएको थियो। रिटमा उनीहरुको उम्मेदवारी रद्द गर्न र भविष्यमा यस्ता व्यक्तिहरू उम्मेदवार बन्न नपाउने गरी कानुन संशोधन गर्न अन्तरिम आदेश माग गरिएको थियो । उनीहरुलाई उम्मेदवार बन्न दिंदा भविष्यमा देश र जनताका लागि अपूरणीय क्षति पुग्न सक्ने रिटमा उल्लेख थियो  ।   उक्त रिटमा निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाईएको थियो। तर अदालतले रिट नै खारेज गरिदिएको हो ।

फौजदारी कसुर लागेकाको उम्मेदवारी रद्द गर्न माग

फौजदारी कसुरमा मुद्दा विचाराधीन रहेका तथा आरोपितको समेत मनोनयन रद्दको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता अनिल आचार्यका तर्फबाट रिट दर्ता भएको हो। प्रारम्भिक सुनुवाइ असोज ३० गतेका लागि तोकिएको छ। रिटमा प्रतिनिधि सभामा विभिन्न दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका सात तथा प्रदेश सभातर्फका दुई जनालाई विपक्षी बनाइएको छ। प्रतिनिधि सभातर्फ विजयकुमार गच्छदार, गोविन्दराज जोशी, प्रभु साह, विक्रम पाण्डे, सरिता गिरी, टेकबहादुर गुरुङ र लक्ष्मी महतोको मनोनयन बदरको माग रिटमा गरिएको छ। यस्तै प्रदेश सभामा मनोनयन दर्ता गरेका युद्धविक्रम तामाङ र रेवतराज पुरीको उम्मेदवारी रद्द गर्न पनि माग गरिएको छ।

देउवाको उम्मेदवारी कायम, चौधरीको खारेज

कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुराबाट दिएको उम्मेदवारी रद्द हुनुपर्ने माग गर्दै परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै खारेज भएको छ।...

देउवा विरुद्ध आयोगमा उजुरी, खारेज हुन्छ उम्मेदवारी ?

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । देउवाका प्रतिस्पर्धी कर्ण मल्लले उनको उम्मेदवारी रद्द गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका हुन् । उजुरीमा ...

रौतहटको गुजरास्थित निर्वाचन कार्यालयमा तालाबन्दी

रौतहटको गुजरास्थित निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको छ । कार्यपालिका सदस्यको चुनावमा गैरदलित र गैर अल्पसंख्यकको नाममा दर्ता भएको  उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको हो ।नगर कार्यपालिका सदस्यका लागि आयोगले  दलित, अल्पसंख्यक महिलालाई उम्मेदवारी दिन पाउने नियम बनाएको थियो । उक्त नियम विपरित निर्वाचन अधिकृतले अन्यको उम्मेदवारी दर्ता गरेपछि त्यसलाई रद्द गर्नुपर्ने मागसहित एमाले र एकीकृत समाजवादीका कार्यकर्ताहरूले निर्वाचन कार्यालयमा तालाबन्दी गरेका

कांग्रेसले जबरजस्ती उम्मेदवार उठाएको सुनमायाको आरोप, उम्मेदवारी रद्द गर्न माग

काठमाडौं । मकवानपुरको मकवानपुरगढी– ६ की महिला सदस्य उम्मेदवार सुनमाया स्याङ्तानले आफूले कांग्रेसले जबरजस्ती उम्मेदवार उठाएको भन्दै उम्मेदवारी रद्द गर्न माग गरेकी छन् । उनले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी रद्द गरिदिन आग्रह गरेकी हुन् । उनले आफू जन्मजात नेकपा एमालेको संगठित सदस्य भएको र कांग्रेसले जबरजस्ती उम्मेदवारी दिन लगाएको बताएकी छन । उनले आफू […]