पर्वत : कास्कीको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामजीप्रसाद बरालको उम्मेदवारी रद्द गर्नुपर्ने भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ।सत्तारुढ गठबन्धनअन्तर्गत नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उनी कालोसूचीमा रहेकोले उनको उम्मेदवारी रद्द हुनुपर्ने माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार उजुरी परेको हो। कास्कीको पोखरा महानगरपालिका–२४ कास्कीकोटका बोधराज सुवेदीले कालोसूचीमा परेको व्यक्तिलाई उम्मेदवार बनाउन नहुने भन्दै खारेजीको मागस