रोपाइँ सकेर रोजगारीका लागि भारततर्फ

स्थानीय निर्वाचनका लागि घर आएका बेलडाँडी गाउँपालिका–१, झर्नासागरका दीपकराज जोशी रोजगारीका लागि भारतमै फर्किएका छन् । भारतको दिल्ली होटेलमा काम गर्दै आएका जोशी निर्वाचनका लागि घर आए पनि बर्खे खेतीको सिजनमा...

सम्बन्धित सामग्री

खाली हुँदै बाजुराका गाउँ बस्ती

बाजुराका नौ वटै पालिकाका अधिकांश गाउँ बस्ती खाली हुँदै गएका छन् । बाजुरामा साउन पहिलो हप्ता धान रोपाइँ सकिएपछि युवा सबै रोजगारीका लागि धमाधम भारत जानथालेपछि यहाँका गाउँबस्ती खाली हुँदै गएका हुन् ।

सामल बोकेर स्याउ टिप्न सिमलातिर

पिठ्युमा झोला भिरेका ९ जनाको समूह शनिबार दिउँसो गड्डाचौकी नाकामा पुगेर सिमला जाने गाडीबारे बुझेर नास्ता पसलभित्र पसे । झोलाबाट पन्तुरो निकालेर उनीहरूले घरबाट ल्याएको रोटी र अचार खान थाले । रोपाइँ सेकेर रोजगारीका लागि कैलालीको कैलारी गाउँपालिकाका उनीहरू स्याउ टिप्न भारतको सिमला जान लागेका हुन् ।

गाउँगाउँमा पुग्यो ट्र्याक्टर, गोरु पाल्न छोड्दै किसान

बागलुङ । गाउँमा गोठ रित्तै छन् । उत्पादन हुने खेतीयोग्य जमिन घट्दै गएका छन् । युवा शक्ति शिक्षा तथा रोजगारीका लागि विदेश पलायन भएका छन् भने वृद्धवृद्धाले भारी काम गर्न सक्दैनन् ।  पहिलेपहिले गाउँमा गोठभरि गाईभैंसी, गोरु र बाख्रा हुन्थे । बस्तुभाउको गोबर र स्याउला मिलाएर मल बनाइन्थ्यो र त्यहीं मल खेतीका लागि प्रयोग गरिन्थ्यो । छरछिमेकी भएर अर्मपर्म गरी खेतबारीमा मल पुर्‍याइन्थ्यो र खेतीपाती गरिन्थ्यो । भित्र्याउने बेला पनि छिमेकी मिलेर काम गर्थे । कसैलाई पनि पारिश्रमिक दिएर काम गराउनु पर्दैनथ्यो । काम गर्न जति पनि जनशक्ति पाइन्थ्यो । अहिले गाउँमा न काम गर्ने जनशक्ति पाइन्छन् न अर्मपर्म गर्न छरछिमेकी नै । बजारसँगै गाउँमा पनि बस्तुभाउ पाल्नेको सङ्ख्यामा कमी आउन थालेपछि खेतबारीमा मल पुर्‍याउन गाह्रो परेको बागलुङ नगरपालिका–५ का किसान कृष्णबहादुर थापाले बताए । गाईभैंसी पाल्नेको कमी भएसँगै खेतबारीमा अहिले रासायनिक मलको प्रयोग बढ्न थालेको उनको भनाइ थियो । उनका अनुसार जोत्नका लागि आधुनिक हलो (मिनीटेलर) तथा ट्र्याक्टरको प्रयोग हुँदै गएका छन् ।  एक दशक अगाडिसम्म सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा पनि धेरै क्षेत्रफल खेत रोपाइँ गर्ने किसानले अहिले सिँचाइको राम्रो व्यवस्था हुँदा पनि रोपाइँ गर्ने जमिन थोरै हुँदै गएको थापाले बताए । उनले अहिले गाउँमा हल गोरु भेट्याउनै मुस्किल पर्ने जनाए ।    ‘बुढापाकाले पूर्णिमाका दिन खेतबारी जोत्न हुँदैन भन्ने परम्परागत मान्यता थियो । अहिले आधुनिक हलोको प्रयोग गरेर किसानले जहिले पनि खेतपानी जोत्ने गर्छन् । यसले हाम्रो संस्कृतिमा समेत प्रभाव पारेको छ,’ थापाले भने, ‘पहिले एक हल गोरुले एक दिनमा गर्ने काम मिनीटेलरले दुई घन्टामै सक्ने हुँदा आधुनिक हलोको प्रयोग बढ्दै गएको हो ।’  उनले आफ्ना पालामा अहिलेको जस्तो आधुनिक हलको विकास नभएको हुँदा हल गोरुको विकल्प नभएको बताए । पछिल्लो समय आधुनिकताले गर्दा स्थानीयले गोरु पाल्न छोडेका उनको भनाइ थियो । ‘हाम्रा बाउबाजेले गोठमा दुई÷तीन हल गोरु पाल्थे, खेतबारी जोत्ने बेला गाउँभरिका मान्छेको खेतबारी जोत्न जान्थे, अन्य समय वन पाखामा चराउने, गोबरबाट मल बनाउने गरिन्थ्यो, अहिले खेतमा मल पुर्‍याउनै सकिन्न, गाईभैंसी पाल्न छोडियो,’ थापाले भने, ‘बजार गयो युरिया मल किनेर ल्यायो, बारीमा खन्यायो । रासायनिक मलको प्रयोगले किसानलाई धेरै सहज बनाएको छ । तर, पशुचौपाया पाल्ने परम्परा हराउँदै गएको छ ।’  ढोरपाटन नगरपालिका–५ का ओमबहादुर घर्तीले सहरबजारमा मात्र नभई गाउँसम्म आधुनिक हलो आएपछि स्थानीयले गाईगोरु पाल्न छोडेको बताए । अघिल्लो वर्षसम्म आफूले दुई हल गोरु पाल्दै आएकामा अहिले गोठ रित्तै रहेको उनको भनाइ छ । पहिले २०÷२५ मुरी धान फल्ने खेतमा धान रोप्ने गरेको सुनाउँदै अहिले काम गर्न मान्छे नहुँदा १० मुरी मात्रै धान खेतमा रोपाइँ गरेको उनले बताए । गाउँलेको बजार मोहले ग्रामीण जनजीवन हराउन थालेको उनको भनाइ थियो ।  ‘असार लागेदेखि साउन नसकिँदासम्म रोपाइँ हुन्थ्यो, त्यस अवधि पूरै पर्ममा गइन्थ्यो, गाउँभरिका खेताला हुन्थे, रोपाइँ गर्दा बारीमा मकै कुटाउँदै निकै रमाइलो पनि हुन्थ्यो, अहिले त्यो चलन हरायो,’ घर्तीले भने, ‘अहिलेका मान्छेले धेरै सुविधा खोज्न थाले, घरको काम गर्न पनि गाह्रो मान्छन् । अहिलेका युवा सहररबजार बस्ने, विदेश जाने भन्छन्, पढेलेखेका छन् । हामीले जस्तो पशुचौपाया पाल्न खोज्दैनन्, त्यही भएर गाउँमा गाई, गोरु, भैंसी र पाठापाठी निकै कम छन् ।’ उनले आधुनिक हलोले जोत्दा बाली उत्पादन राम्रो नहुने भन्दै आफूले गाउँमा खोजेरै भए पनि गोरुले जोत्ने गरेको बताए । गोरुले जोत्ने पुरानो परम्परा रहेको हुँदा आफ्नो हात पाखुरा चल्दासम्म आधुनिक हलोको प्रयोग नगर्ने घर्तीको भनाइ थियो । अहिले गाउँका धेरैजसो खेतबारीमा खेती नहुँदा वनमारा झारले भरिन थालेको उनले अनुभव सुनाए ।  कृषि ज्ञान केन्द्र, बागलुङका प्रमुख भानुभक्त भट्टराईले ग्रामीण क्षेत्रमा आधुनिकीकरणसँगै परम्परागत शैलीका खेतीपातीलाई पनि जोड दिने बताए । केही वर्षयता गाउँका कृषकले आधुनिक हलो प्रयोग गर्न थालेको भन्दै उनले गोरुमार्फत जोत्ने कृषकलाई पनि ज्ञान केन्द्रले प्रेरित गर्ने बताए ।  पछिल्लो समय आधुनिक हलो र रासायनिक मलको प्रयोग बढ्दै गएकाले पशुचौपाया पाल्ने किसानको सङ्ख्यामा कमी आएको बताउँदै प्रमुख भट्टराईले आगामी वर्षदेखि पशुपालन गर्ने कृषकलाई केन्द्रले अनुदान दिने र प्रोत्साहन गर्ने योजना बनाएको जानकारी दिए ।  ‘अहिले पनि धेरै किसानले आधुनिक हलो मनपराउनु भएको छैन । काम गर्ने जनशक्तिको अभाव र गोरु नपाएपछि बाध्यताले मिनिटेलर प्रयोग गर्नुभएको छ । उहाँहरूलाई कृषि ज्ञान केन्द्रले सहयोग गर्नुपर्ने सामग्री अनुदानमा सहयोग गरिरहेको छ,’ उनले भने, ‘बजार क्षेत्रमा आधुनिक हलोको प्रयोग गरे पनि गाउँमा गोरुबाटै जोत्नुपर्छ भन्ने मान्यता रहेकाले गोरु पाल्ने कृषकलाई पनि अनुदान दिने व्यवस्था मिलाउन लागेका छौं ।’  प्रमुख भट्टराईका अनुसार आधुनिक हलो प्रयोग गर्ने र व्यावसायिकरूपमा कृषि पेसामा लाग्नुभएका कृषकलाई अनुदानमा आधुनिक हलो दिने गरिएको छ । रासस

रोजगारीका लागि भारत जानेको संख्या बढ्न थाल्यो

काठमाडाैँ- नेपाल-भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीहरूको संख्या बढ्न थालेको छ। असारे खेतीबाली सकेर परिवारको आश्यकता पूरा गर्न दैनिक सयाैँकाे संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन्। धान रोपाइँ गरेर नेपालीहरू अयआर्जनका लागि दैनिक सयौँको संख्यामा भारत जाने गरेका छन्। धान रोपाइँ गरिसकेपछि स्वदेशमा काम नपाउने र काम पाए […]

धान उत्पादन घट्नुको अर्थ

राम्रो वर्षा भए पनि र रोपाइँ राम्रो भएको भनिए पनि यस वर्ष नेपालमा धानको उत्पादन ८ दशमलव ७४ प्रतिशत घटेको छ । समग्र जीडीपीमा कृषिक्षेत्रको योगदान करीब २५ प्रतिशत रहेको मानिन्छ । कृषिमा धेरै अंश ओगट्ने धान नै हो । त्यसैले धानको उत्पादन घट्नु चिन्ताको विषय हो । नेपालमा धानको उत्पादन र उत्पादकत्व दुवै बढाउने खालका प्रभावकारी कार्यक्रम आवश्यक देखिन्छ । तर, सरकारले अव्यावहारिक नीति लिएका कारण खेती गर्ने क्रम नै घटिरहेको छ । नेपालमा धानखेती हुने क्षेत्रफल घट्दो छ भने उत्पादकत्वचाहिँ बढ्दो क्रममा नै रहेको देखिन्छ । शहरीकरण र वैदेशिक रोजगारीका कारण धेरै मलिला फाँटहरूमा घाँस उम्रिरहेको देखिन्छ । खेती गर्ने क्रम मात्र घटेको होइन पशुपालन पनि घटेकाले कृषिको उत्पादन घटेको देखिन्छ । नेपालमा उन्नत जातको बीउको प्रयोग तथा रासायनिक मल आदिका उपयोगका कारण धानको उत्पादकत्व बढे पनि धानचामलको आयात भने बढ्दो छ । यातायातको पहुँच, बढ्दो आर्थिक स्तरलगायत कारण मानिसहरूले गहुँ, मकै, आदि खाद्यान्न छाडेर भात खानतिर लाग्दा पनि धानचामलको आयात बढेको हो । त्यसैले नेपालका धानको उत्पादन र उत्पादकत्व दुवै बढाउने खालका प्रभावकारी कार्यक्रम आवश्यक देखिन्छ । तर, सरकारले अव्यावहारिक नीति लिएका कारण खेती गर्ने क्रम नै घटिरहेको छ । यस वर्ष धानको उत्पादन बढ्ने र त्यसको प्रभावले जीडीपी नै राम्रो हुने सरकारको आकलन थियो । कोरोनाका कारण मानिसहरू वैदेशिक रोजगारीमा जान नपाएको लगायत कारण यस वर्ष बढी क्षेत्रफलमा धानखेती भएको सरकारको अनुमान थियो । तर, धानमा चामल पसाउने बेला आवश्यक पर्ने मलको प्रबन्ध गरिदिन सकेन । साथै, अनपेक्षित रूपमा बढी वर्षा भई आएको बाढीले काटिएको धान पानीमा भिजेर बिग्रियो । त्यसैको परिणति धान उत्पादन घटेको देखिन्छ । नेपालले मौसम भविष्यवाणी गर्न पछिल्लो समय राम्रै सफलता पाएको देखिन्छ । तर, मौसम भविष्यवाणी गर्न सक्ने क्षमता भएर पनि समयमै सही तरीकाले सूचना दिन नसक्दा किसानले काटेको धान क्षति हुन पुगेको देखिन्छ । वर्षा हुन्छ भन्ने थाहा पाएर पनि कत्तिको ठूलो हुन्छ र धान काट्न उपयुक्त हुन्छ कि हुँदैन भनेर मौसमको भविष्यवाणीसँगै जानकारी दिन नसक्दा बढी क्षति पुगेको देखिन्छ । त्यस्तै काटिसकेको धान वर्षा भएमा जोगाउन सकिने प्रविधि नभएको होइन । तर, किसानहरूलाई सिकाउन सकिएन । धान सुकाउन राख्ने बलोमा धान झुन्ड्याएर राख्न सकिने सजिलो तरीका छ तर यति सामान्य जानकारी पनि समयमा दिन नसक्दा ठूलो क्षति बेहोर्नुपर्‍यो । खेतमा डुबेको धान मुठा बनाएर ओत लाग्ने ठाउँसम्म ल्याउन सक्ने अवस्था भएन । यो वर्ष बाढीले बालीमा क्षति पुर्‍यो तर अर्को वर्ष धानखेती नै घट्न सक्ने सम्भावना देखिन्छ । युवा वैदेशिक रोजगारीमा जान थालेकाले अर्को वर्ष धानखेतीको क्षेत्रफल घट्ने निश्चितप्रायः नै छ, जुन विगतका वर्षहरूमा देखिँदै आएको थियो । यसलाई रोक्ने हो भने कृषि पेशालाई आकर्षक बनाउन आवश्यक छ । बजारप्रणाली भुक्तानी संकलन गर्ने प्रणाली, यान्त्रीकरणमा सहजीकरणजस्ता कुरामा सुधार ल्याएर कृषितर्फ आकर्षित गर्न सकिन्छ । धानखेती गर्दा कृषकहरूलाई नोक्सान भयो । उसले तुरुन्तै त्यही जमीनमा केही खेती गर्न सकेको भए धान बालीमा गुमेको अवसरको क्षतिपूर्ति केही मात्रामा पाउन सक्थ्यो तर त्यस्तो हुन सकेन । यस्तो सुझाव कतैबाट पनि दिइएन । कृषिबीमा पनि प्रभावकारी छैन । यसरी क्षति भोगेका किसानलाई सरकारले राहत दिने भनेर तथ्यांक संकलन गरे पनि अहिलेसम्म उपलब्ध गराएको पाइन्न । यस्तो अवस्थामा कसरी युवालाई कृषितर्फ आकर्षित गर्न सकिन्छ र ? कृषिक्षेत्रको विकासका लागि सरकारले दर्जर्नौं कार्यक्रम र योजनाहरू बनाएको छ । तर, तिनले किसानले भोग्नुपरिरहेका समस्या सम्बोधन गर्न नसक्दा नै खेतीलाई पेशा बनाउन मानिसको संख्या घटेको छ र जमीन बाँझो रहन थालेको छ । यो प्रवृत्ति रोक्न सहज कृषि औजार र भरपर्दो बजार व्यवस्था आवश्यक हुन्छ ।

म्याग्दीमा कृषि उत्पादनमा वृद्धि

मंसिर २४, म्याग्दी । विगत दुई वर्षअघिको तुलनामा अहिले म्याग्दीमा कृषि उपजको उत्पादन वृद्धि भएको छ ।  कृषि ज्ञान केन्द्रका अनुसार दुई वर्षअघिसम्म कुल खेतीयोग्य जमिनको ६२ प्रतिशत जमिनमा मात्र खेती गरिएकामा अहिले ८२ प्रतिशतमा खाद्यान्न, तरकारी र फलफूलखेती विस्तार गरिएको छ । विगतका वर्षहरूको तुलनामा यस वर्ष शतप्रतिशत खेतमा धान रोपाइँ भएको र पाँच प्रतिशतले उत्पादनमा वृद्धि भएको स्थानीय तहका कृषि शाखाहरूले जानकारी दिएका छन् । विगतका वर्षमा जिल्लामा ९६ प्रतिशत मात्र रोपाइँ हुने गर्दथ्यो ।  जिल्लाका विभिन्न स्थानमा जौँ जोन, मकै जोनजस्ता कार्यक्रम पनि सञ्चालन भइरहेका छन् । सिँचाइ समस्याले धेरै जमिन बाँझो राख्नुपरेका किसानलाई राहत भएको छ । कृत्रिम जलाशय, लिफ्ट सिँचाइ, नहर, पक्की कुलोले गर्दा पानी सहज भएपछि खेती गर्न सजिलो भएको कृषक बताउँछन् । यता स्थानीय सरकारले पनि कृषिलाई प्रमुख प्राथामिकतामा राखेर काम गर्दै आएको जानकारी दिएका छन् । मंगला गाउँपालिकाले बाँझो जमिन नराख्ने नीति अगाडि सारेपछि अहिले गाउँपालिकाभित्र कतै पनि बाँझो जमिन नरहेको गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । जिल्लामा बाँझो जमिनको अवस्था घट्दो क्रममा रहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । त्यसैगरी, जिल्लामा नगदे बालीलाई पनि प्राथमिकता दिइएको छ । यसअघि पानीको सुविधा नभएका स्थानमा नगदेबालीको खेती गर्न किसान आकर्षित भएका हुन् । जिल्लामा आलु, गोलभेँडा, काउली, बन्दालगायत तरकारी उब्जनी हुँदै आएको छ ।  स्थानीय सरकारले कृषिको पकेट क्षेत्रको पहिचान गरी अनुदानलगायत कार्यक्रम विस्तार गर्न कृषिमा लागेका युवाले माग गरेका छन् । पाँच वर्ष लामो दुबर्ईको बसाइलाई बिट मारेर गत चैतमा गाउँ फर्किएका मालिका गाउँपालिका–५ का भीमबहादुर रोकाले वर्षौँदेखि बाँझिएको १८ रोपनी पाखोबारीलाई जोतेर दुई हजारभन्दा बढी सुन्तला, कागती र केराका बिरुवा लगाएका छन् । ‘विदेशमा हामी जस्तो दुःख गर्न पनि तयार हुन्छौँ, तर स्वदेशमा भने जाँगर देखाउँदैनौँ’, रोकाले भने, ‘म विदेश नफर्कने निर्णय गरी गाउँमा नै बाँझिएको जग्गा जमिन जोतेर फलफूल र तरकारी खेतीतिर लागेको छु ।’ रोका मात्रै होइन, कोरोना महामारी शुरु भएपछिका १६ महीनामा दुई हजार ७०० भन्दा बढी युवा वैदेशिक रोजगारी छाडेर आफ्नै गाउँमा फर्किएका जिल्लाका विभिन्न स्थानीय तहहरूले संकलन गरेको तथ्यांकमा उल्लेख छ ।  यीमध्ये ८५ प्रतिशत युवा कृषि र पशुपालनमा जोडिइसकेका छन् भने बाँकी युवा स्वदेशमै रोजगारीका अन्य माध्यमको खोजी गरिरहेका छन् । रासस

तिहार मनाउन घर फर्किनेको नाकामा घुइँचो

तिहार नजिकिन थालेपछि भारतबाट घर फर्किनेको सीमानाकामा भीड बढ्न थालेको छ । यसरी फर्किनेमध्ये अधिकांश धान रोपाइँ सकेर पटके रोजगारीका लागि भारत पसेकाहरू हुन् । उनीहरू भारतको हिमाचल र उत्तराखण्ड राज्यको सिमला, देहरादुन, अल्मोडा, नैनीताल र पिथौरागढलगायत क्षेत्रमा कार्यरत थिए ।

बाँझो बगर कोतर्दै तन्नेरी

प्यूठान नगरपालिका–१, खैराका माधव आचार्य बुटवल पावर कम्पनीको बाँझो जग्गामा रोपाइँ गर्दै हुनुहुन्छ । बन्दाबन्दीले अन्नलगायत खाद्य उपजमा भएको महँगी सम्झिएर उहाँ चार रोपनी बाँझो जमिनलाई खेतीयोग्य बनाउन लाग्नुभएको हो । “कमाउने र किन्ने कसरी भन्ने चिन्ता छ”, कृषक आचार्यले भन्नुभयो, “यही बाँझो जमिनमा खेती गरे पनि उब्जेपछि त केही दिन धान्ला ।” आचार्यसँंगै गाउँका कृषक सोही ठाउँमा रहेको बाँझो बगरमा खेती गर्न व्यस्त छन् । वर्षौँदेखि खाली जमिनमा यस वर्षदेखि खेती गर्न थालिएको छ । रोजगारीका लागि विभिन्न मुलुकमा गएका तन्नेरीहरू यसपटक गाउँ फर्केपछि बाँझो जमिनमा कृषि हतियार चल्न थालेका हुन् ।