तिहार मनाउन घर फर्किनेको नाकामा घुइँचो

तिहार नजिकिन थालेपछि भारतबाट घर फर्किनेको सीमानाकामा भीड बढ्न थालेको छ । यसरी फर्किनेमध्ये अधिकांश धान रोपाइँ सकेर पटके रोजगारीका लागि भारत पसेकाहरू हुन् । उनीहरू भारतको हिमाचल र उत्तराखण्ड राज्यको सिमला, देहरादुन, अल्मोडा, नैनीताल र पिथौरागढलगायत क्षेत्रमा कार्यरत थिए ।

सम्बन्धित सामग्री

नेपाल–सीमामा घर फर्किनेको घुइँचो

भारतमा रोजगारी गरी दशैँ–तिहार मनाउन घर फर्किने नेपालीको नेपालगञ्ज सीमानाकामा घुइँचो लाग्ने गरेको छ । भारतका विभिन्न शहरमा रोजगारीको लागि पुगेका नेपाली नेपालगञ्ज नाका भएर अहिले दैनिक एक हजारभन्दा बढी नेपाल फर्किने गरेको इलाका प्रहरी कार्यालय जुमनहाका प्रमुख प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले बताउनुभयो ।