इरानले सप्ताहन्त्तमा इजरायलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेपछि ‘सुरक्षाका कारण’ आफ्नो आणविक केन्द्रहरू अस्थायीरूपमा बन्द गरेको संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थाका प्रमुखले सोमबार बताउनुभएको छ ।
युक्रेनको कब्जामा रहेको जापोरिजझिया आणविक केन्द्रलाई पुनः विद्युत् ग्रिडबाट विच्छेद गरिएको युक्रेनी भूभागमा रहेका रूसी प्रशासक र युक्रेनी आणविक एजेन्सीले सोमबार बताएका छन् । रूसी प्रशासनले टेलिग्राममा लेखेको छ, “‘हाई एक्टेन्सन लाइन’ काटिएका कारण प्लान्टले आफ्नो बाह्य विद्युत आपूर्ति गुमाएको छ । लोडसेडिङको कारणबारे अनुसन्धान भइरहेको छ साथै यसलाई ब्याकअप डिजेल जेनेरेटरले सञ्चालन गरिएको छ […]
एजेन्सी । संयुक्त राष्ट्रसंघले युक्रेनको जापोज्जियास्थित आणविक केन्द्रमा आक्रमण गर्ने पागलपन नदेखाउन आग्रह गरेको छ । अन्तर्राष्ट्रिय आणविक उर्जा एजेञ्सी प्रमुख राफेल ग्रोसीले जापोरिज्जिया आणविक केन्द्रलाई निशाना बनाएर भइरहेका बमबारी र क्षेप्यास्त्र आक्रमण ज्यादै खतरनाक पागलपनको संकेत भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो । युरोपको सवैभन्दा ठूलो आणविक केन्द्र आसपाको आक्रमण अक्षम्य र अस्वीकार्य हो […]
एजेन्सी । संयुक्त राष्ट्रसङ्घका आणविक पर्यवेक्षक प्रमुखले रूसी सेनाले घेरिएको युक्रेनी आणविक केन्द्रले पाँच दिनमा दोस्रो पटक महत्वपूर्ण सुरक्षा प्रणाली गुमाएको र त्यो सुरक्षा जोखिममा रहेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघका पर्यवेक्षकले यूक्रेनको आणविक ऊर्जा केन्द्रको अनुगमन गर्ने भएका छन् । पर्यवेक्षकसहितको टोली युक्रेनको जापोरिजझिया आणविक ऊर्जा केन्द्रतर्फ प्रस्थान गरेको छ । रुस र कीएभले युरोपको सबैभन्दा ठूलो आणविक केन्द्र वरपरको क्षेत्रमा आक्रमण गरेको आरोप एक–अर्कालाई लगाउँदै आएका छन् ।
आक्रमणबाट हुनसक्ने क्षतिले विकिरणको व्यापक चुहावट हुने जोखिम बढेको छ । युक्रेनले जापोरिजझिया प्लान्टलाई रुसले कब्जा जमाएको र चारैतिरबाट आक्रमण गरिरहेको आरोप लगाएको छ । तर रूसले त्यहाँ युक्रेनले नै अन्धाधुन्ध आक्रमण गरेको आरोप लगाएको छ । &...
गत बिहीबार राति जापोरिज्जिया आणविक संयन्त्रमा पुनः गोलाबारी भएपछि युक्रेन र रुसबीच दोषारोपण सुरु भयो । युरोपको सबैभन्दा ठूलो र विश्वको शीर्ष १० मा पर्ने यो संयन्त्रले युक्रेनको आणविक विद्युतको झण्डै आधा विद्युत उत्पादन गर्छ । तर युक्रेन युद्ध सुरु भएको केही समयदेखि यो संयन्त्र रुसी नियन्त्रणमा छ । संयुक्त राष्ट्र संघले आणविक केन्द्र वरपर हुने सैन्य गतिविधिले गम्भीर स्थिति निम्त्याउन सक्ने भन्दै दुबै पक्षलाई ऊर्जा केन्द्र नजिक सैन्य गतिविधिहरू बन्द गर्न आह्वान गरेको छ । पछिल्लो आक
युक्रेनमा रहेको युरोपकै ठूलो आणविक केन्द्र रुसले कब्जा गरेको छ । रुसले प्रहार गरेको बम विस्फोट हुँदा परमाणु केन्द्रमा आगलागी भएको थियो ।
आगलागी नियन्त्रणमा आइसकेको तर रुसी सेनाले परमाणु केन्द्र कब्जा गरेको युक्रेनी अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आणविक केन्द्रमा रहेका कर्मचारीहरुले त्यहाँ रहेको पावर युनिटहरूको अवस्थाबारे निरीक्षण गरिरहेका छन् ।
आगलागीबाट प्लान्टमा कुनै क्षति भने नपुगेको आणविक ऊर्जा केन्द्रका प्रवक्ता एन्ड्री तुजलाई उदृत गर्दै बीबीसीले जनाएको छ । याे आणविक केन्द्रमा ६ देशका १...
प्योङयाङ– उत्तर कोरियाको मुख्य आणविक केन्द्र यंगब्यनमा हलचल देखिएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले बताएको छ । बीबीसीका अनुसार एजेन्सीले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण आणविक केन्द्र यंगब्यनमा हलचल देखिएको छ । उत्तर कोरियाले २००९ मै सँयुक्त राष्ट्र संघीय सो संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीलाई उत्तर कोरियाबाट हटाएकाले उसले दिने प्रतिवेदन स्याटेलाइट […]