गत बिहीबार राति जापोरिज्जिया आणविक संयन्त्रमा पुनः गोलाबारी भएपछि युक्रेन र रुसबीच दोषारोपण सुरु भयो । युरोपको सबैभन्दा ठूलो र विश्वको शीर्ष १० मा पर्ने यो संयन्त्रले युक्रेनको आणविक विद्युतको झण्डै आधा विद्युत उत्पादन गर्छ । तर युक्रेन युद्ध सुरु भएको केही समयदेखि यो संयन्त्र रुसी नियन्त्रणमा छ । संयुक्त राष्ट्र संघले आणविक केन्द्र वरपर हुने सैन्य गतिविधिले गम्भीर स्थिति निम्त्याउन सक्ने भन्दै दुबै पक्षलाई ऊर्जा केन्द्र नजिक सैन्य गतिविधिहरू बन्द गर्न आह्वान गरेको छ । पछिल्लो आक