काठमाडौं : व्यस्त राजधानी शहर। सडकभरि सवारीसाधनको चाप। तीव्र गतिमा सवारी हुइँकिन्छन् तर काठमाडौं, भक्तपुर र ललितपुर कतै पनि न त प्रशस्त जेब्रा क्रसिङ छन् न त आकाशेपुल नै। पोतिएका जेब्रा क्रसिङ रंग पनि मेटिइसके। कुनै मेटिँदै छन्। त्यसो त सर्वसाधारणको ज्यान सडकमा धराप छ।कामका लागि घरबाहिर निस्किएका नागरिकमा घर फर्किन पाउने वा नपाउने केही ठेगान छैन। यसैगरी सबलांगलाई त समस्या छ नै, अपांगता भएका व्यक्तिलाई झनै ज्यान जोगाउन सकस छ। आइतबार नेपाल साइकल सोसाइटी, रोड सेफ्टी सोसाइटी