पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले आवश्यक तदारुकता नदेखाउदा घोरे मसान शितलपुर सिंचाई उपभोक्ता समितिको काम ८ बर्ष देखि रोकिएको छ । ठोरी गाउपालिका–५ सुवर्णपुरका बासिन्दाको अगुवाईमा यो समितिको काम आर्थिक बर्ष २०७२/०७३ मा सुरु गरिएको थियो । तर निकुञ्ज प्रशासनले यो आयोजनाको लागि प्रशासनिक काम र इआइएका लागि अनुमति नदिंदा ठूलो रकम खर्च गरी सकेको यो परियोजना बीचमै अलपत्र परेको समितिका अध्यक्ष तथा तत्कालिन सुवर्णपुर गाबिसका अध्यक्ष जरी लामा बताउछन् ।