डाेटी – डोटीमा चालु आर्थिक वर्षमा दुई सय ५३ वटा सिँचाइ आयोजना निर्माण हुने भएका छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अन्तरगत आयोजना निर्माणका लागि प्रदेश सरकारले ४० करोड ९८ लाख बजेट विनियोजन गरेको थियो । अघिल्लाे आथिर्क वर्षमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मार्फत डोटीमा ३२ करोड १४ लाखको लागतमा सिँचाइ आयोजनाहरु निर्माण गरिएको थियो ।
चालु आर्थिक वर्षमा सिँचाइ तर्फ ४० करोड ९८ लाख बजेट व्यवस्थापन गरिएको छ । जस अन्तरगत २५३ वटा सिँचाइ आयोजना र १०७ वटा तटबन्धनका आयोजना नि...