काठमाडौं : एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित भएको छ। कुबेतको जाबिर अल अहमद स्टेडियममा इन्डोनेसियाविरुद्ध पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप पाँच गोल व्यहोरेको थियो। खेलको छैटौं मिनेटमा मुहमद दिमास द्रजाडले गोल गर्दै इन्डोनेसियालाई सुरुआती अग्रता दिलाएका थिए। ३३ औं मिनेटमा डिफेन्डर सुमन अर्यालले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा नेपाल १० खेलाडीमा समेटिएको थियो।खेलको ४३ औं मिनेटमा वितान सुलेमानले गोल गर्दै इन