नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलो महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय पाहुना टोली युगान्डासँग पराजित भएको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको हो । पहिलो पटक अन्तर्राष्ट्रिय सिरिज खेलेको नेपाल पहिलो खेलमा नै पराजित भएको हो ।युगान्डाले दिएको १०३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । नेपालका लागि इन्दु वर्माले सर्वाधिक १६ रन जोडिन् । डोली भट्ट १३ तथा बिन्दु रावल १२ रनमा आउट भइन् । कप्तान रुबिना क्षेत्री ९