एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ८–१ गोलको फराकिलो अन्तरले पराजित भएको हो । कीर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा मंगलबार भएको खेलमा नेपालले ब्यहोर्यको हारसँगै नेपाल प्रतियोगितामा जितविहिन भएको छ ।छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको अंक विहीन बनेर प्रतियोगिताबाट फर्कने भएको छ । छनोट अन्तर्गत नै पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले परा