पार्सल पठाइ दिन्छु भन्दै ५ लाखभन्दा बढी ठग्ने अभियुक्त पक्राउ

असोज ८, काठमाडौं । पार्सल पठाइ दिन्छु भन्दै ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, ह्‍वाट्स एप, इमो प्रयोगकर्तालाई पार्सल पठाइ दिन्छु भन्दै नगद ५ लाख १० हजार रुपैयाँ ठगी गरको अभियोगमा प्रहरीले भारत दार्जिङ सिलगुढी पानीघट्ट बजार घर भएका ३३ वर्षीय सन्दिप क्षेत्रीलाई बिहीवार पक्राउ गरेको हो । विभिन्न समयमा ठगी गरेको उजुरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा उनलाई झापाबाट पक्राउ गरेको हो। अनुसन्धानको क्रममा अभियुक्त सन्दिप प्रेन्टि क्रोस्टल (पानीटंकी सिलगुढी) चर्चका पादरी रहेको र चर्चको विभिन्न धार्मिक कार्यक्रममा भेट भएका महिलाहरुलाई क्रिस्चियन धर्मसँग सम्बन्धित विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरेको रकम आफ्नो खातामा झिकाउन नमिल्ने भएको भनी बिश्वासमा पारी खाता खोल्न लगाई महिलाहरु मार्फत भुक्तानी लिने गरेको खुल्न आएको प्रहरीले बताएको छ । उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको अपराध महाशाखाले बताएको छ ।

सम्बन्धित सामग्री

२ महिनामा ४३ फरार अभियुक्त पक्राउ

उदयपुर प्रहरीले दुई महिनाको अवधिमा झण्डै ४ दर्जन फरार अभियुक्त पक्राउ गरेर सजायको भागीदार बनाएको छ। चालु आर्थिक वर्ष सुरु भएपछिको साउन १ देखि भदौ ३१ गतेसम्ममा ४३ जना फरार अभियुक्त पक्राउ गरी सजाय र बिगो जरिवाना भुक्तान गराएको जिल्लाप्रहरी कार्यालयले जनाएक...

डाँका मुद्दाका फरार अभियुक्त पक्राउ

रामेछापको लिखु तामाकोशी गाउँपालिकाबाट डाँका मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन्। फरार अभियुक्त लिखु तामाकोशी–५ बिजुलीकोटका २३ वर्षीय भक्तबहादुर तामाङलाई प्रहरीले सदरमुकाम मन्थलीको देवकोटा चोकबाट पक्राउ गरेको हो। तामाङलाई २०७७...

लमजुङमा एक वर्षमा ६० फरार अभियुक्त पक्राउ

लमजुङ प्रहरीले चालु आर्थिक वर्षमा मात्रै ६० फरार अभियुक्त पक्राउ गरेको छ। लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार पक्राउ परेका फरार अभियुक्तमध्ये ४५ जना पुरुष र १५ जना महिला...

किशोरीलाई करणी गरी फरार अभियुक्त पक्राउ

काठमाडौँ – गुल्मीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी फरार रहेका एक अभियुक्त पक्राउ परेका छन्। करणी गरी फरार रहेका गुल्मीको छत्रकोट गाउँपालिका ६ का ४३ वर्षीय उमबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो। उनी गत फागुन २ गते दौघामा रहेको स्थानीय लक्ष्मी नेपालीको गोठमा १८ वर्षीया किशोरीलाई जबरबस्ती करणी गरी फरार थिए। नेपालीलाई वैशाख १३ […]

जन्मकैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यानमुद्दामा सर्वस्वसहित जन्मकैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ परेका छन्।

बैंकिङ कसुर मुद्दाका एक फरार अभियुक्त पक्राउ

निक्षेपकर्ताको २७ लाख रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका  एक फरार अभियुक्त पक्राउ परेका छन्। बैङकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरबाट पक्राउ पुर्जी जारी भएका ईलाम  जिर्मले स्थायी...

बर्दियामा चार महिना ९० फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय बर्दियाले चार महिनामा ९० फरार अभियुक्त पक्राउ गरेको छ । साथै झण्डै २२ लाख जरिवाना असुली गरिएको छ ।  प्रहरी उपरीक्षक ईश्वर कार्कीले बर्दियाको कमाण्ड सम्हालेको चार महिना पुगेको छ । यो अवधिमा ९० फरार अभियुक्त पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।  यसैबीच २०७१ सालमा सवारी ज्यान मुद्दामा एक दिन कैद फैसला सुनाइएका ४५ वर्षीय बलबहादुर थापा क्षेत्रीलाई पक्राउ गरिएको छ ।

कर्णालीमा सात फरार अभियुक्त पक्राउ

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयद्वारा सात फरार अभियुक्त पक्राउ गरिएको बताइएको छ । फरार अभियक्त पक्राउ अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेनदेन मुद्दाका एक र सार्वजनिक मुद्दाका तीन अभियुक्त पक्राउ गरेको छ ।त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट वन मुद्दाको एक र कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक धुर्वप्रसाद श्रेष्ठले जानकारी दिए ।