गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेल मैदानमा आज झाँकी तथा बाजागाजासहित नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महोत्सव उद्घाटन गरे । ‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्ध बागलुङ निर्माणको आधार’ भन्ने नारासहित गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आयोजना गरिएको […]
दाङ– तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट वार्षिक २२ देखि २५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उनी गड्यौलाले मल बिक्री गरी मनग्य आम्दानी गर्न सफल भएका हुन् । राष्ट्रिय अनुसन्धान कार्यालयमा २८ वर्षसम्म विभिन्न पदमा सेवा गरी स्वैच्छिक अवकाश लिएका वली अहिले गड्यौलापालक किसानका रूपमा स्थापित भएका छन् । विसं २०७९ […]
११ पुस, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।
बैठकमा नवनियुक्त मन्त्री बालानन्द शर्मा पनि सहभागी छन् ।
आज बसेको यो बैठक नियमित हो ।
काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) ले सरकारविरुद्ध आन्दोलन शुरु गरेको छ। काठमाडौंमा शुक्रबारदेखि आन्दोलन शुरु भएको घोषणा गरेको हो । उनीहरुले सरकारविरोधी नाराबाजी गरेर विरोध जनाएका छन् । सर्वपक्षीय सरकार गठन हुनुपर्ने उनीहरुको माग छ । आन्दोलन घोषणा गर्दै महासचिव विप्लवले अन्तरिम सुशीला कार्की सरकारलाई कठपुतलीको संज्ञा दिँदै उनीहरुको मनोभ्रम ध्वस्त पार्न आफूहरु […]
काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सरकारको चाहना र दृढता रहेकाले राजनीतिक दलहरूसँगको वार्ता र छलफललाई निरन्तर अघि बढाइरहेको बताएका छन् । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी निवासमा आज भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री सुशीला कार्कीले स्वयंले पनि राजनीतिक भेटवार्तालाई प्रत्यक्ष र परोक्ष रुपमा अघि […]