कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयद्वारा सात फरार अभियुक्त पक्राउ गरिएको बताइएको छ । फरार अभियक्त पक्राउ अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेनदेन मुद्दाका एक र सार्वजनिक मुद्दाका तीन अभियुक्त पक्राउ गरेको छ ।त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट वन मुद्दाको एक र कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक धुर्वप्रसाद श्रेष्ठले जानकारी दिए ।