बर्दियामा चार महिना ९० फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय बर्दियाले चार महिनामा ९० फरार अभियुक्त पक्राउ गरेको छ । साथै झण्डै २२ लाख जरिवाना असुली गरिएको छ ।  प्रहरी उपरीक्षक ईश्वर कार्कीले बर्दियाको कमाण्ड सम्हालेको चार महिना पुगेको छ । यो अवधिमा ९० फरार अभियुक्त पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।  यसैबीच २०७१ सालमा सवारी ज्यान मुद्दामा एक दिन कैद फैसला सुनाइएका ४५ वर्षीय बलबहादुर थापा क्षेत्रीलाई पक्राउ गरिएको छ । 

सम्बन्धित सामग्री

बर्दियामा २३ वर्षपछि फरार अभियुक्त पक्राउ

जबर्जस्ती करणी आरोपमा फरार अभियुक्त २३ वर्षपछि पक्राउ परेका छन् । ठाकुरद्वारा नगरपालिका—३ का प्रकाश शाहलाई ठाकुरबाबा—१ भुरीगाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी हिक्मतबहादुर बोहोराले जनाए ।

बलात्कार र हत्याका दुई फरार अभियुक्त पक्राउ

बर्दियामा जबर्जस्ती करणी र कर्तव्यज्यान मुद्दाका दुई जना फरार अभियुक्तहरू पक्राउ परेका छन् । जबर्जस्ती करणी गरी फरार रहेका अभियुक्त मधुवन नगरपालिका-३ का भिख्खु थारुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट २ वर्ष ११ महिना ४ दिन कैद सजाय भएका थारुलाई घर निजकै बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहोराले बताए ।

बर्दियामा फरार अभियुक्त पक्राउ

जिल्ला अदालत, बर्दियाको फैसलाले काठ अनियमिता, कटान मुछान ओसार पसार मुद्दामा फरार रहेका अभियुक्त पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका—११ का रतीराम थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

बर्दियामा २ फरार अभियुक्त पक्राउ

बर्दिया प्रहरीले २ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका ८ का गोविन्द थारु र मधुवन नगरपालिका २ का किशोर दर्लामी रहेका छन् । आइतबार पक्राउ परेका थारु र दर्लामीलाई सोमबार प्रहरीले सार्वजनिक गरेको हो । थारूलाई बर्दिया जिल्ला अदालतले २०७६ माघ २४ गते लेनदेन मुद्दामा १ वर्ष ६ महिना २६ दिनको कैद सजाय तोकेको थियो ।अदालतको फैसलालगत्तै उनी फरार रहेका थिए । दर्लामीलाई भने अदालतले २०७८ वैशाख २८ गते बहुविवाह मुद्दामा १० महिना २९ दिनको कैद सजाय र १० हजार जरिवाना तोकेको