बलिउड अभिनेत्री तथा मथुराबाट भाजपाकी सांसद हेमा मालिनी मंगलबार प्रयागराजमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यक्रमपछि रोइन् । परेड ग्राउन्डमा आयोजित मातृशक्ति कार्यक्रमबाट निस्कँदै गर्दा हेमा भीडको धक्का मुक्कीमा फसिन् । यसकारण हेमा यति तनावमा भइन् कि उनको आँखाबाट आँसु नै आयो । यो देखेर सुरक्षामा खटेका प्रहरी अधिकारीले मोर्चा सम्हाले र उनलाई त्यहाँबाट निकाले ।यसैबीच अर्को एउटा नाटक पनि भयो । हेमा मालिनीलाई भेट्न जिद्दी गर्दै भाजपा एमएलसी सुरेन्द्र चौधरी प्रहरीसँग भिडे । वास्तवमा उनल