हेमा मालिनी र धर्मेन्द्रबीच किन भएन एक वर्षदेखि भेट?

काठमाडौं। कोरोना महामारीका कारण बलिउड अभिनेत्री हेमा मालिनी तथा धमेन्द्र एक वर्षदेखि अलग बस्दै आएका छन्। कोरोना महामारीका कारण धर्मेन्द्र मुम्बईभन्दा बाहिरको फार्महाउसमा बस्दै आएका छन् भने हेमा मुम्बईमै बस्दै आएकी छिन्। फार्म हाउसलाई बढी सुरक्षित मानेर उनी त्यहीँ बस्दै आएका हुन्। उनीहरूबीच सन् १९८० मा विवाह भएको थियो। त्यसका लागि धमेन्द्रले पहिलो श्रीमती प्रकाश कौरसँग सम्बन्धविच्छेद गरेका थिए।