साताको पहिलो दिन आइतवार शेयर बजारमा निकै उतारचढाव भएको छ ।
बजारमा उतारचढाव हुँदा विभिन्न ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
समाचार तयार पार्दासम्म (१२ः५८ बजे) सनराइज फ्रस्ट मुचुअल फण्डको शेयर मूल्यमा सर्किट लागेको छ । शेयर मूल्य १० प्रतिशतले बढ्दा १३.४२ पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार, माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर मूल्यमा पनि सर्किट लागेको छ । यस आयोजनाको शेयर मूल्य ४९ रुपैयाँ बढी ५ सय ३९ पुगेको छ ।
यस्तै नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)को शेयर...