नेप्से: ९ कम्पनीको शेयर मूल्य बढ्यो

काठमाडौं– साताको पहिलो दिन आज शेयर बजारमा नेप्से वृद्धि भएको छ । आज आइतवार नेप्से परिसूचक ७३.०१ अंकले बढेर २ हजार ७६५.५१ अंकमा पुगेको हो । आज ९ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको नेप्सेले जनाएको छ । शेयर मूल्य बढ्ने कम्पनीमा हिमालयन उर्जा विकास कम्पनी, युनाईटेड हाइड्रोपावर, मध्य भोटेकोशी जलविद्युत कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, […]

सम्बन्धित सामग्री

सेयर बजारमा पुनः गिरावट

यसदिन १ सय ७१ कम्पनीको शेयर मूल्य घट्दा जम्मा १४ कम्पनीको मूल्य बढ्यो भने दुईको स्थीर रहेको नेप्सेले जनाएको छ ।

आइतबारको प्रि ओपन सेसनमा २६ कम्पनीको शेयर मूल्य बढ्यो

आइतबारको प्रि ओपन सेसनमा २६ कम्पनीको शेयर मूल्य बढेको छ । आजको प्रि ओपन सेसनमा ८ हजार १७ कित्ता शेयर खरिद बिक्रिबाट ८७ लाख १८ हजार १ सय ६१ रुपैयाँ ९१ पैसा बराबरको कारोबार भएको छ । प्रि ओपन सेसनमा कारोबारमा आएका मध्ये ३ कम्पनीको शेयर मूल्य घटेको छ । प्रि ओपन सेसनमा नेप्से सूचक ६.०८ अंकले बढेर २६८७.१९ को बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हरेक दिन बिहान १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसन अन्तर्गतको कारोबार हुने गरेको छ । यस समयमा कम्पनीको शेयर मूल्य सर्वाधिक २ प्रतिशतले घटबढ हुन सक्ने ब्यबस्था छ ।

तेहोरो अंकले बढ्यो नेप्से, सबै कम्पनीको मूल्य बढ्यो, एक दर्जन कम्पनीमा सर्किट

बुधबार शेयर बजार परिसूचक नेप्से तेहोरो अंकले बढेको छ । आज नेप्से सूचक ३.८७ प्रतिशत अर्थात १०४.८८ अंकले बढेको हो । आज कारोबारमा आएका २१७ कम्पनीका १ करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता शेयर खरिदबाट ६ अर्ब १७ करोड ९३ लाख १ सय ५७ रुपैयाँ ६२ पैसाको कारोबार भएको छ । जस मध्ये अरुण भ्याली हाइड्रोको सबै भन्दा धेरै २३ करोड ३४ लाख, नेशनल हाइड्रोको १८ करोड ४८ लाख, आरएमडिसी लघुवित्तको १६ करोड ९९ लाख बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका मध्ये सबै समुहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समुह सबैभन्दा धेरै ८.५४ प्रतिशतले तथा विकास बैंक समुह ७.७४ प्रतिशतले बढेको छ । आज कारोबारमा आएका १८४ कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको मूल्य स्थित छ । आज कुनै पनि कम्पनीको शेयर मूल्य घटेको छैन । आज एक दर्जन बढी कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।

जलविद्युत् कम्पनीको शेयर मूल्य बढ्यो

काठमाडौँ । शेयर लगानीकर्ता जलविद्युत् कम्पनीको शेयरमा आर्कषित भएका छन् । साताको पहिलो दिन आइतबार अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।