वैशाख १४, काठमाडौं । बजार बढेसँगै मंगलवार तीन ओटा कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ ।
यो समाचार तयार पार्दाको अवधि १२ : १७ बजेसम्मा बिशाल बजार कम्पनी, महिला लघुवित्त वित्तीय संस्था र छ्याङदी हाइड्रोपावर कम्पनीको शेयर मूल्य उच्च वृद्धि भएको हो ।
बिशाल बजार कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत,महिला लघुवित्तको ९ दशमलव ९६ प्रतिशत र छ्याङदी हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव २९ प्रतिशतले वृद्धि भएको हो ।
बजार बढ्न थालेसँगै ती तीन ओटा कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयर मूल्य बढेको हो ।
बिशाल बजार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४ हजार २१५,महिला लघुवित्तको रू. २ हजार ५८३ र छ्याङदी हाइड्रोपावरको रू. २९४ पुगेको छ ।