काठमाण्डौ – प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज काठमाण्डौमा प्रदर्शन गर्दैछ ।
दिउँसो १२ बजे भृकुटीमण्डपमा विरोधसभा गर्नु अघि काठमाण्डौका विभिन्न ठाउँबाट जलुस निकाल्ने तयारी भएको र सभालाई नेकपाका अध्यक्षद्वयसहित शीर्ष नेताले सम्बोधन गर्ने छन् ।
यो समूहको केन्द्रीय सङ्घर्ष समितिले पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरूको नेतृत्वमा जुलुस निस्कने जनाएको छ । प्रचण्ड नेपाल समूहले यसअघि गएको ९ गते पनि काठमाण्डौमा ...