अफगानिस्तानमा तालिबानको गतिविधि रोक्न अमेरिकाले मानवताको दुहाइ दिएपछि उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले त्यो पाखण्ड भएको बताएका छन् ।
उत्तरको परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा हजारौं मानिसको जीवन खतरामा पारेको भन्दै अमेरिका, अस्ट्रेलिया र बेलायत जस्ता देशहरू मुख्य अपराधी भएको आरोप लगाएको छ ।
बयान जारी गरेर उसले भनेको छ, ‘अमेरिका तथा पश्चिमी मुलुकहरूले मानवअधिकारको संरक्षणको वकालत गर्छन् अनि आफैं मानवअधिकारको हनन गर्छन् ।’
अफगानिस्तानको समस्याका लागि अमेरिका पूर्ण जिम्मेवार रहेको पनि उ...