उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासँग वार्ता र सामना गर्नका लागि आफ्नो देशले तयारी थाल्नुपर्ने बताएका छन् । किमले वर्ताभन्दा पनि सामनाका लागि विशेषगरी तयारी थाल्नुपर्ने धारणा व्यक्त गरेका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर कोरियासँग कूटनीतिक संवादका लागि आफू तयार भएको कुरालाई किम जोङ उनले कुनै वास्ता गरेका थिएनन् ।यससँगै किमले पहिलो पटक बाइडेन प्रशासनलाई सीधा रुपमा यसबारे जवाफ फर्काएका छन् ।यसै हप्ता उत्तर कोरियाको राजधानी प्योंगयांगमा सुरु भएको सत्ताधारी वर्कर्स पार्टीको महत्वपूर्ण