काठमाण्डाै - देशको राजनीति र सामाजिक क्षेत्रको विकृति विसङ्गतिलाई व्यङ्ग्य गर्दै आएको सिस्नुपानी नेपालले दुई वर्षपछि देउसीभैलो कार्यक्रम गरेको छ ।
शनिवार बेलुका प्रज्ञा भवनमा भएको कार्यक्रममा सरकारका प्रतिनिधि र विभिन्न दलका नेता कार्यकर्ता लगायतलाई अगाडि राखेर सिस्नुपानीका कलाकारहरुले अहिलेको राजनीतिक अवस्थालाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरे ।
प्रस्तुत छ, सिस्नुपानी नेपालको देउसीभैलाेको केही महत्त्वपूर्ण अंश :
वीर शहीद हाम्रा – देउसिरे
अमर रहून – देउसिरे
कुनै बेला हाम्रो – देशैमा
सत्ता चलाउन...