देउसी भैलोमा सरकारको ‘हस्तक्षेप’ किन ?

काठमाडौं उपत्यकामा राति ९ बजेपछि देउसी भैलो खेल्न निषेध गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले देउसी भैलोको समय तोकेपछि सामाजिक सञ्जालमा यो निर्णयको चर्को विरोध भइरहेको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, ललितपुरका घनश्याम उपाध्याय र भक्तपुरकी प्रजिअ रुद्रादेवी शर्माले गृह मन्त्रालयको अनुमति लिएर देउसी भैलो खेल्ने समय तोकेका हुन् । उपत्यकामा बाहेक अरु जिल्लामा पनि सीडीओहरुले आफ्नो अनुकुल देउसी भैलो खेल्ने समय किटान गरेर सूचना