भन भन भाइ हो,देउसी रे..स्वर मिलाईकनदेउसी रे..हामी त्यसै आएनौँदेउसी रे..बली राजाले पठाकोदेउसी रे..एकछिन्, एकछिन्। यो बली राजा भनेको को हो? चिन्नुहुन्छ? देउसी खेल्ने सबै टोलीलाई तिनै राजाले पठाएका हुन् त? अनि त्यो एकतले टिनले छाएको छाप्रोलाई पनि किन दरबार जत्रो घर भनेको होला? अनि कसैले देउसी भन्छन्, कसैले भैलो भन्छन् यो देउसी र भैलोमा फरक चाहिँ के छ होला? देउसी भैलो कहिलेदेखि कहाँ कसरी सुरु भएर अहिले यो स्वरूपमा आइपुग्यो? अनि देउसी खेल्नेहरू किन आफूलाई बली राजाले पठाको भनेर दाबी गर्छन्?