प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको गेटमा शुक्रवार झण्डै २ घण्टा धर्ना दिएको छ ।
प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउन भन्दै कानून व्यवसायीहरू धर्नामा बसेका हुन् । सर्वोच्च परिसरमा बिहीवार भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै बारले आज सर्वोच्चमा इजलास बहिस्कार गरेर धर्ना दिएको थियो ।
कानून व्यवसायी धर्नामा बसिरहेको समयमा जबरा भने महान्यायाधिवक्ता कार्यालयतर्फको वैकल्पिक गेट प्रयोग गरेर सर्वोच्च अदालत प्रवेश गरेका थिए । अदालत नखुल्दै बिहान १० देखि...