सरकारले संघ तथा प्रदेश चुनावको मिति घोषणा नगर्दै विभिन्न ठाउँबाट उम्मेदवारी घोषणा सुरु भएको छ । समाजिक अभियन्ता पुकार बमले काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिसभा सदस्यका लागि प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेका छन् । त्यस्तै, मधेशका राजनीतिक विश्लेषक एवं लेखक श्रीमननारायण मिश्रले पनि चुनाव लड्ने घोषणा गरेका छन् ।लेखक मिश्रले रौतहटको क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यका लागि चुनाव लड्ने घोषणा गरेका हुन् । यद्यपि उनले कुन पार्टीबाट चुनाव लड्ने भनेर घोषणा भने गरेका छैनन् । लामो समय मधेश राजनीतिमा क