काठमाडाैं : कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै बंगलादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ।स्थानीय समयअनुसार अप्रिल ५ देखि लागू हुनेगरी सरकारले लकडाउनको घोषणा गरेको अधिकारीहरुले जनाएका छन्। बंगलादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलनमार्फत लकडाउन घोषणा गरिएको जानकारी दिएका हुन्।लकडाउनका लागि नयाँ निर्देशिका सरकारले चाँडै नै घोषणा गर्ने सार्वजनिक प्रशासन मन्त्री फहाद हुसेनले बताए। अत्यावश्यकलगायत कतिपय सेवा भने लकडाउनका बेलामा पनि सुचारु ह