एजेन्सी । जापानमा कोरोनाभाइरसको महामारी पुनः तीव्र रुपमा फैलिँदै गएपछि फेरि सङ्कटकालको घोषणा गरिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले शुक्रबार फेरि सङ्कटकालको घोषणा गर्नु भएको अधिकारीहरूले जानकारी दिएका छन् । देशको केन्द्रीय राजधानी टोकियो र पश्चिमी प्रान्तहरु ओसाका, क्योटो र ह्योगोमा सङ्कटकाल घोषणा गरिएको हो । एसियाली मुलुक जापानमा अहिले तेस्रो पटक सङ्कटकाल घोषणा गरिएको जनाइएको छ । अहिले घोषणा गरिएको सङ्कटकाल आगामी मे ११ तारिख आइतबारदेखि लागू हुनेछ । महामारी थप फैलिन नदिने उद्दे