कर्णाली : कर्णाली प्रदेशमा ६६ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। सुर्खेतमा बुधबार ‘मुख्यमन्त्री–पत्रकार भेटघाट कार्यक्रम’मा मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको कुल जनसङ्ख्याको ५४ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा र दोस्रो मात्रा लगाएको जानकारी दिए। साथै एक लाख ४० हजार १८८ जनाले थप मात्रा समेत लगाएको उनले जानकारी दिए।उनले मुलुक भारतमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको भन्दै उनले सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहेको बताए।&