परासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) जिल्ला कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउने पहिलो जिल्ला बनेको छ । नवलपरासीका ९९ प्रतिशत लक्षित जनसङ्ख्याले कोभिड–१९ विरुद्धको पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएका छन् । बाह्र वर्षमाथिका लक्षित सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएकाले कोभिड–१९ विरुद्धको खोप सञ्चालन तथा व्यवस्थापन सम्बन्धी जिल्ला खोप समन्वय समितिको आजको बैठकबाट […]
काठमाडौँ – काठमाडौँमा आइतबार पनि कोभिड–१९ विरुद्धको खोप लगाउने क्रम जारी छ। शुक्रबारदेखि ४० वर्षमाथिका र परीक्षा प्रवेश पत्रका आधारमा कक्षा ११ र १२ का परीक्षार्थीलाई काठमाडौंका विभिन्न खोप केन्द्रबाट कोभिड–१९ विरुद्धको खोप एस्ट्राजेनिका लगाउन सुरु गरिएको थियो। आइतबार पनि विद्यार्थी तथा ४० वर्षमाथिका व्यक्ति खोप लगाउन लामबद्ध भएका छन्। शुक्रबारदेखि काठमाडौं महानगरपालिकाको ३२ वडाका […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतवार कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ लगाउने भएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको जानकारी दिए।
सरकारले भोलिदेखि नै दोस्रो चरणको खोप…
काठमाडौं । बुधबार सभामुख,मन्त्री र सांसदहरुले कोभिड १९ विरुद्धको खोप लगाउने भएका छन् । बानेश्वरस्थित सिभिल अस्पतालमा गएर खोप लगाउन सरकारले आग्रह गरेको छ ।कोरोनाविरुद्धको खोप बिहान १० बजेदेखि खोप लगाउन सकिने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले बताए ।
प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली आज छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल जानु भई त्यहाँ सञ्चालित कोभिड–१९ खोप केन्द्रको सेवा प्रवाह र गतिविधिबारे अवलोकन गरेका छन् ।
सरकारले उक्त अस्पताललाई यसअघि नै कोभिड–१९ विरुद्धको खोप केन्द्र तोकेको थियो । सो अवसरमा उक्त अस्पताल तथा अन्य सैनिक अस्पतालमा कार्यरत अग्रपङ्क्तितामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी लगायतलाई खोप लगाउने कार्यको शुभारम्भ गरियो ।
पहिलो चरणमा करीब १० दिनसम्म खोप लगाउने योजनाअनुरुप केन्द्रमा आज १४० र उपत्य...
भोजपुरमा एक हजारभन्दा बढीले कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् ।
आजबाट शुरु भएको कोभिड–१९ विरुद्धको खोप अभियानमा एक हजार ३३५ लाई खोप दिइने जिल्ला अस्पतालका सूचना अधिकारी सुरेन्द्र भण्डारीले जानकारी दिए ।
अभियानको पहिलो दिन आज जिल्ला अस्पताल भोजपुरका चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायत गरी १२८ जनालाई खोप लगाइएको स्वस्थ्य कार्यालय भोजपुरले जनाएको छ । खोपको पहिलो डोज लगाएर दोस्रो डोज चार सातापछि लगाएसँगै मात्रा पूरा हुने स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।
सरकारी, गैरसरकारी तथा नि...
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाउने व्यक्तिको विवरण सूचीकृत गर्न थालेको छ।
मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा गुणनिधि शर्माले खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा तयार गरी मन्त्रालयमा पठाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको बताए। भारत सरकारबाट अनुदानमा प्राप्त कोभिशिल्ड खोप लगाउनका लागि संघ,…