संक्रमण फैलिन नदिन सार्वजनिक स्थलमा कडाइ

भक्तपुर । जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस संक्रमण फैलिन नदिन सार्वजनिक स्थलमा कडाइ गर्न शुरू गरेको छ । कोरोना भाइरस संक्रमण फेरि बढ्दै गएपछि भक्तपुरमा स्वास्थ्य मापदण्ड पालनलाई कडाइ गरिएको र बुधवारदेखि माइकिङ शुरू गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए । घर बाहिर निस्कँदा मास्क नलगाउनेलाई अब कारबाही गरिने भएको छ । ‘कोरोना संक्रमणबाट बच्न अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेका छौं, बुधवारदेखि माइकिङ गर्दै छौं, मास्क लगाउन, साबुनपानीले हात धुन, स्यानिटाइजर लगाउन, सामाजिक तथा भौतिक दूरी कायम राख्न, भीडभाड नगर्न आह्वान गर्दै छौं ।’ सार्वजनिक यातायातका साधनमा भीडभाड नगर्न, अनिवार्य मास्क लगाउन, चालक तथा सहचालकलाई मास्क, फेसमास्क लगाउन कडाइ गरिनेछ । ‘सार्वजनिक यातायातदेखि सार्वजनिक स्थलमा अनुगमन गर्छौं,’ उनले भने । जिल्लाका सरकारी तथा निजी अस्पताललाई तयारी अवस्थामा रहन उनले निर्देशन दिए । संकट समाधानका लागि यहाँका सबै अस्पताललाई तयारी अवस्थामा राखिएको छ । भक्तपुरमा कोरोनाविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन जनप्रतिनिधि, सुरक्षा निकायलगायत सबै संयन्त्रको सहयोग र समन्वयमा काम भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारका अनुसार मध्यपुरथिमि नगरपालिकामा ११ जनामा नयाँ भेरियन्ट फेला परेको छ । रासस  

सम्बन्धित सामग्री

कोरोना संक्रमण बढेसँगै उपत्यकामा थप कडाइ, तत्काल लकडाउन नहुने

कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा थप कडाइ गरिएको छ । दिनहुँ देशभरका संक्रमितमध्ये काठमाडौं उपत्यकामै आधा हुन थालेपछि उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरुले थप कडाइ गर्ने उद्देश्यसहित मंगलबार स्मार्ट लकडाउनसम्बन्धी आदेश जारी गरेका हुन् । जसमा भेला, सभा, सम्मेलनलगायतमा माघ मसान्तसम्म रोक लगाइएको छ भने धार्मिक स्थलमा नित्य पूजापाठबाहेकका गतिविधिमा बन्देज लगाइएको छ । यस्तै बिबाह, ब्रन्तबन्धलगायतका सामाजिक कार्यमा ५० जना भन्दा बढी सहभागी हन नपाउने, गाडीमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने,...

कोरोना संक्रमण : कास्की प्रशासनले गर्यो थप कडाइ

पर्वत : कास्की जिल्लामा कोरोना सङ्क्रमितको संख्या दैनिक उकालो लाग्दै गएपछि जिल्ला प्रशासन कार्यालयले विभिन्न सेवा र व्यवसायमा थप कडाइ गरेको छ।कास्कीमा कोभिड संक्रमण दर ५० प्रतिशतभन्दा बढि भएकाले रोकथाम तथा नियन्त्रणका लागि सङ्घीय मन्त्रिपरिषद्ले गत पुस ३० मा गरेको निर्णय तथा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको सोमबारको बैठकको सिफारिसको आधारमा कडाइ गरिएको हो।प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाच घर, क्लब, हेल्थ क्लब,

कोरोना संक्रमण बढेसँगै काठमाडौंमा कडाइ

काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस संक्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ।

संक्रमण बढेसँगै विमानस्थलमा कडाइ, स्वागत र बिदाइमा नआउन आग्रह

कोरोना भाइरसको संक्रमण बढेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गर्न सुरु गरिएको छ।

कोरोना संक्रमण बढेसँगै कतारमा पनि स्वास्थ्य सुरक्षामा कडाइ, मास्क अनिवार्य

काठमाण्डौ – कोरोना संक्रमण बढेसँगै कतारले स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गरेको छ ।  नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश कतारले भोलि अर्थात् डिसेम्बर ३१ देखि लागू हुनेगरि स्वास्थ्य मापदण्डमा कडाइ गरेको हो । कतारका प्रधानमन्त्री र गृह मन्त्री शेख खलिद बिन खलिफाले मन्त्रीपरिषदमा हिजो गरेको निर्णय अनुसार मापदण्डमा कडाइ गरिएको हो । अब बन्द कोठा तथा हलभित्रका कार्यक्रम तथा खुला सार्वजनिक क्षेत्रमा मास्क लगाउन अनिवार्य गरिएको छ । तर खुला क्षेत्रमा खेल खेलिरहेका र ६ वर्षमुनिका बालबालिकालाई भने मास्क अनिवार्य छैन । यस्...

अष्ट्रेलियाबाट बाहिरिनेलाई थप कडाइ

२२ साउन, काठमाडौं । अष्ट्रेलियाले आफ्नो मुलुक छाड्ने नागरिकलाई थप कडाइ गर्ने नियम ल्याएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार कुनै सूचना नै नदिई अष्ट्रेलिया सरकारले मुलुक छाड्नेलाई कडाइ गर्न लागेको हो । कोरोना भाइरस संक्रमण नियन्त्रणको रणनीतिअनुसार गत वर्षको मार्चदेखि अष्ट्रेलियाले आफ्ना नागरिकलाई  विदेश जानबाट रोक्दै आएको छ । यो प्रतिबन्ध यसअघि नै विदेशमा […]

कोरोना नियन्त्रणका लागि निषेधाज्ञामा कडाइ

रुपन्देही। कोरोना भाइरस संक्रमण बढ्दै गएपछि विभिन्न जिल्लामा निषेधाज्ञामा थप कडाइ गरिएको छ। कोभिडको नयाँ भेरियन्टको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा कडा बनाइएको हो। रुपन्देहीमा वैशाख ३० सम्म लागू भएको निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ। खाद्यान्नलगायत अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योगबाहेक अन्य उद्योग र पूर्वाधार निर्माणका काम अर्को निर्णय नहुँदासम्मका लागि बन्द गर्ने निर्णय भएको छ।

कोरोना नियन्त्रणका लागि निषेधाज्ञामा कडाइ

रुपन्देही। कोरोना भाइरस संक्रमण बढ्दै गएपछि विभिन्न जिल्लामा निषेधाज्ञामा थप कडाइ गरिएको छ। कोभिडको नयाँ भेरियन्टको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा कडा बनाइएको हो। रुपन्देहीमा वैशाख ३० सम्म लागू भएको निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ। खाद्यान्नलगायत अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योगबाहेक अन्य उद्योग र पूर्वाधार निर्माणका काम अर्को निर्णय नहुँदासम्मका लागि बन्द गर्ने निर्णय भएको छ।

आजबाट निषेधाज्ञामा थप कडाइ हुने

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि बिहीबारदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा थप कडाइ हुने भएको छ । निषेधाज्ञामा पनि सडकमा सर्वसाधारणको चाप नघटेकाले शुक्रबारदेखि थप कडाइ गर्ने प्रहरीले जनाएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञाको पहिलो दिन उल्लंघन गर्ने धेरै देखिएका थिए । नयाँ बानेश्वर, कलंकी, थापाथली, सहिदगेट, महाराजगन्ज, नागढुंगा, कोटेश्वर, चाबहिललगायतका चोकमा त बिहान १० बजे र साँझ पाँच बजेको आसपास ट्राफिक जाम नै भयो । शुक्रबारदेखि भने सहरभित्रको न