पर्वत : कास्की जिल्लामा कोरोना सङ्क्रमितको संख्या दैनिक उकालो लाग्दै गएपछि जिल्ला प्रशासन कार्यालयले विभिन्न सेवा र व्यवसायमा थप कडाइ गरेको छ।कास्कीमा कोभिड संक्रमण दर ५० प्रतिशतभन्दा बढि भएकाले रोकथाम तथा नियन्त्रणका लागि सङ्घीय मन्त्रिपरिषद्ले गत पुस ३० मा गरेको निर्णय तथा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको सोमबारको बैठकको सिफारिसको आधारमा कडाइ गरिएको हो।प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाच घर, क्लब, हेल्थ क्लब,