काठमाडौं : लता मंगेशकरको आइतबार बिहान मुम्बईको क्यान्डी अस्पतालमा निधन भयो। कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।विगत दुई सातादेखि उनी सघन उपचार कक्ष (आइसीयू) मा उपचाररत थिइन्। अन्ततः उनी ९२ वर्षको उमेरमा आज अन्तिम सास फेर्दै यो धर्तीबाट बिदा भइन्। प्रसिद्ध भारतीय गायिका लताले नेपाली भाषासहित ३६ भाषामा करिब ३० हजारभन्दा बढी गीतमा स्वर भरेकी छिन्।उनले गाएको अन्तिम नेपाली गीत ‘बाचुन्जेलीलाई’ म्युजिक नेपालबाट सन