केही समयअघि अभिनेत्री प्रियंका चोपडा र उनका श्रीमान निक जोनसबीच सम्बन्ध विच्छेदबारे चर्चा चलेको थियो। प्रियंकाले इन्स्टाग्रामबाट आफ्नो श्रीमानको थर हटाएकी थिइन्। निक जोनसको थर हटाएसँगै उनीहरुको सम्बन्ध विच्छेद हुन लागेको खबर बाहिरिएको थियो।
प्रियंका र निकले यसबारे कुनै प्रतिक्रिया दिएका थिएनन्। जसकारण उनीहरु सामाजिक सञ्जालमा ट्रोलको सिकार समेत हुन पुगे।…