घोराही बजारका उमेशसिंह राठोरले अटो चलाएर आफनो जिविका चलाउँदै आएका थिए । तर, कोरोनाका कारण सरकारले लकडाउन जारी गरेपछि उनले अटो चलाउन पाएका छैनन् । अटो चलाउन नपाए पछि घरको चुल्हो बल्न समेत समस्या भएको छ । उनले अटोबाट भएको आम्दानीले घर व्यवहार चलाउने गरेको बताए । उनले घर, जग्गा धितो राखेर अटो निकालेका थिए । “अहिले अटो नै चलाउन नपाए पछि कसरी घरको चुलो पाल्ने भन्ने चिन्ताले सताएको छ” राठोरले भने । उनले राहात समेत पाउन नसकेको बताए । बाध्य भएर अटो निकालेर सञ्चालन गरे पनि ट्राफिक प्रहरीले समाउने गरेको बताए ।